Monday, June 17, 2013

Breaking: TeliaSonera's Ucell allegedly bribed $320 million; is Ncell different?


If TeliaSonera is indulged in so blatantly unscrupulous act in Uzbekistan, why would it abstain from the same in Nepal? My personal trepidation is that the situation could be even worse in Nepal given the corruptibility of the officials and the plethora of loopholes in the system meant to check the practice. 


According to a recent report by Alexander Kim first published by The Jamestown Foundation and republished by Asia Times Online, Gulnara Karimova, the daughter of Uzbek president, is being investigated in Sweden for getting a whopping $320 million from TeliaSonera in exchange for the 3G license and frequency for the tainted company.

Apparently, the controversy of TeliaSonera opting for personal kickbacks rather than abiding by the law of the land is not a new phenomenon. 

Significantly, TeliaSonera happens to have a presence in Nepali market in the name of Ncell and the company has recently gone on a hysteric advertising spree claiming to have reached a 10 million subscriber goal. 

Is there any possibility of Ncell gratifying the officials in Nepal with similar kickbacks? Well, there are no credible reports in Nepali media so far.

But the coziness between the corporations in general and Ncell in particular, and the mainstream media houses  in Nepal is no new phenomenon. After all, Ncell is one of the most liberal advertisers in Nepal and it is natural if the dog does not bite the hand which feeds it.

Saturday, June 15, 2013

गाउँमा बाल्यकालः केही स्मृतिहरु–१

अहिले हेर्दा लाग्छ, त्यतिखेरको समय वर्षभर चक्रमा घुमिरहेको थिएन, त्यो त एउटा स्पाइरल अथवा स्प्रिङजस्तो आकारमा हिंडिरहेको थियो । प्रत्येक वर्षको अन्तमा लाग्थ्यो हामी त्यही बिन्दुमा फेरि एउटा वैशाख १ गते मनाउन गइरहेका थियौं तर वास्तवमा त्यो अर्कै वैशाख १ गते हुने गथ्र्यो । हामी बढ्दै थियौं र कक्षा चढ्दै थियौं । हेर्दाहेर्दै सँगै घाँस काट्न जाने दाइ दिदीहरु गाउँलाई चटक्क छाडेर क्याम्पस पढ्न भनेर जान्थे र पाहुनाजस्तै कहिलेकाहीं झुल्किन थाल्थे । तिनका हातखुट्टा सफा हुन्थे अनि उहिले चिरिएका पैताला भरिएर रहरलाग्दा भएका हुन्थे, खुट्टाका औंलाका कापमा हिलोले खाएका घाउ निको भएका हुन्थे । उनीहरुको लवज केही फरक हुन्थ्यो, लुगाफाटा सफा र नटालिएका हुन्थे ।


हाम्रो बाल्यकालमा जुन ग्रामीण जीवन थियो, अब त्यो झण्डै लोप भैसकेको छ । नेपालमा अझै गाउँहरु धेरै छन् तर अब ती विगतमा झै शहरबाट, खाडीबाट अनि त्यहाँबाट आउने धनमाल र त्यहाँको प्रभावबाट अलग छैनन् । अझै त्यस्ता गाउँहरु पनि कतै कतै अस्तित्वमा होलान् तर ती शीघ्र लोप हुने प्रक्रियामा छन् । नेपालको शहरी क्षेत्र भुमण्डलीकृत विश्वसँग एकाकार हुँदै जाँदा गाउँहरुमा पनि शहरको प्रभाव बढ्दो छ ।

त्यही बितिसकेको र अस्तित्वबाट हराउँदै गरेको ग्रामीण जीवनका सम्झनाहरु अहिले निकै आत्मीयतापुर्वक मानसपटलमा घुमिरहन्छन्, त्यो किन पनि भने, एक त गाउँको वातावरण फेरिंदै गएको छ भने अर्कोतिर आफु र गाउँलाई जोड्ने केही पुलहरु पनि जीर्ण भएर भत्किने क्रममा छन् । चाहेर पनि भौतिक रुपमा गाउँमा विचरण गर्न नसक्ने अवस्थामा विगतका यादहरुलाई कोट्याएर भए पनि एक हदसम्म न्यास्रो मेट्ने इच्छा जाग्नु स्वभाविकै हो ।

त्यसको अर्थ के हैन भने म आफु शहरको जीवनमा अभ्यस्त भएर भौतिक अर्थमा प्रगति गर्दै गर्दा गाउँमा रहने मानिसहरुचाहिं पहिलेजस्तो कुटो कोदालो र मेलापातसहित सापेक्षतः अभावको जिन्दगी बाँचेर विगतको सामाजिक परिदृश्यलाई कायम राखुन् । निर्वाहमुखी अर्थतन्त्रबाट पुँजीवादी अर्थतन्त्रतिर जाँदै गर्दा बढ्न जाने शहरीकरण र गाउँहरुमा आउने परिवर्तनहरु दुवै अहिलेको विश्वका सबै विकासशील समाजहरुका साझा प्रक्रिया हुन्, तिनलाई रोक्नु न आवश्यक छ न त सम्भव नै ।
House and nostalgia: the castle where all four of us siblings were born and reared.  Life revolved around this house for much of our childhood. 

यद्यपि हाम्रो पुस्ताको बाल्यकालमा जुन सामाजिक परिस्थिति थियो, त्यसका आर्थिक र राजनीतिक पाटाहरु मात्र नभएर मनोवैज्ञानिक पाटाहरु पनि थिए । र हामीलाई खास मानिस बनाउनमा तिनको खास भुमिका थियो । हामीभन्दा अघिल्लो पुस्ताले बिताएको बाल्यकाललाई हाम्रो बाल्यकालसँग तुलना गर्दा केही आधारभुत भिन्नताहरु पाउँछु म । समाजभित्र अर्को व्यक्तिसँग गरिने व्यवहारमा मात्र हैन जीवन र विश्वलाई हेर्ने दृष्टिकोणमा पनि बाल्यकालमा विकसित हुन आउने खास मनोविज्ञानले विशेष भुमिका खेलेको हुन्छ । त्यसैले अहिले बाल्यकालमा रहेको पुस्ताले विकसित गर्न जाने विश्वदृष्टिलाई हाम्रोसँग तुलना गर्ने हो भने पनि हामीले आफ्नो बाल्यकाललाई खास गहिराइसम्म सम्झनै पर्ने हुन्छ ।
The orange tree that enticed us, so long as we were there

सारमा भन्नुपर्दा बाल्यकालका केही घटना विशेषमा डुबुल्की मार्दा मैले त्यसलाई भावुकताको एउटा अवस्था भन्दा पनि विगतको समाजलाई अध्ययन गर्ने र बुझ्ने एउटा माध्यमको रुपमा लिने गर्छु । त्यसमा नोस्टाल्जियाको पनि एउटा लेप हुन्छ, त्यो अलग्गै कुरा हो ।


***

गाउँका किसानको जीवन दुई कुराले धानेका हुन्छन्, खेतीपाती र चौपाया । खेतीपातीको मौसम हुन्छ, त्यसले वर्षका खास खास समयमा गाउँमा भनिने गरेझैं मुते आत्तुरी –पिसाब गर्न पनि नभ्याउने अवस्था, गराउँछ जतिखेर रातसाँझ नभनी काम गर्नुपर्ने हुन्छ । माघ फागुनतिरको मकै छराइपछि चैततिर कोदो र धानको बिउ राख्नु, वैशाख, जेठतिर मकै खन्नु, जेठ, असारमा कोदो र धान रोप्नु, साउनको अन्तिम र भदौमा धान र कोदो गोड्नु, भदौमा मकै भाँच्नु, अनि कार्तिकमा धान, कोदो थन्क्याउनु र हिउँदे खेती हुने ठाउँमा लगत्तै गहुँ छर्नु र त्यसलाई चैत वा वैशाखमा थन्क्याउनु । यसरी हेर्दा वर्षका लगभग सबै महिना खेतीपातीमा कुनै न कुनै काम भइरहेको हुन्छ तर गाउँको चलन के हुन्छ भने असारको रोपाइँ र कार्तिक मंसीरको खेती थन्क्याउने बेलाबाहेक अरु बेलाको कामलाई काम भन्ने चलन नै उस्तो हुँदैन किनकि अरुबेला लाग्ने मेहनत त्यो बेलाको मेहनतको तुलनामा नगण्यजस्तै हुन्छ ।
How many shades of green? Sun is about to set in a winter day

त्यसैले किसानलाई वर्षभर व्यस्त राख्ने कामचाहिं पशुवस्तुले गर्छन् । भिरालो पहाडमा रहेका बस्तीहरुमा डाँडाकाँडानजिक बाहेक चरनको व्यवस्था शुन्यप्रायः हुने भएकाले र उब्जने अन्न मानिसलाई नै अपुग भएर पशुलाई दानाको रुपमा ख्वाउन नपुग्ने भएकाले वर्षभर धर्ती चिथोरेर गाइवस्तुको पेट भर्नुको अर्को विकल्प हुँदैन । हिउँदमा डालेघाँस र परालको प्रयोगले मानिसलाई राहत दिन्छ भने वर्षायाममा चाहिं जत्रै झरी र बाढी भए पनि रुझ्दै घाँस काटेर नख्वाएसम्म पशुहरुको पेट भरिंदैन ।

त्यसैले हामी गाउँमा वर्षालाई एउटा यातनाको रुपमा लिने गथ्र्यौं । दिन गनेर असार र साउनका महिना कटेपछि बिस्तारै तीज आउँथ्यो अनि दशैं र तिहारको प्रतिक्षा शुरु हुन्थ्यो । भुइँको घाँस काट्नु नपर्ने हिउँदका महिना राहत बनेर आइपुग्थे र धान पाकेसँगै हर्षोल्लासका साथ न्वाइँ र वन भात खाने चलन हुन्थ्यो । धान काटेर फुकेका खेतमा फूक्काफाल चरेका गाइगोरुहरु हेरेर हामी आफू पनि स्वतन्त्र भएको महसूस गथ्र्यौं ।


Tuesday, June 11, 2013

Advani resignation saga: Is BJP squandering the PML-N-like opportunity?

Commentary

Dwelling on the turbulence in BJP after L K Advani resigned from all party posts to protest the party's nomination of Narendra Modi to head the election campaign for 2014 polls. Advani has lately taken back the resignation but that cannot undo every damage that was done. An overview:

I am a rather casual India-watcher and an in-depth analysis is obviously beyond my scope. Nonetheless, the events of the past two or three days in India were nothing less than stunning.

The matter is of course about the turbulence in BJP, the party aspiring to rout the INC-led coalition in the upcoming general elections.

Even though the veteran leader L K Advani has come now full circle after agreeing to resume the pre-turmoil duties, the fiasco has exposed many things about BJP.

To start with, while much of the Indian media had been convincingly dwelling on about the incipient rivalry between Advani and Narendra Modi in BJP, hardly anyone could have guessed the Advani's extreme action of resigning from all three responsibilities in BJP.

After he did, a sense of deja vu had engulfed a large section of media: after all, this was the fitting rebuttal of Advani to party leadership for callously elevating Modi to the post of the party's chief election campaigner.

Of many analytic pieces, this one had particularly caught my attention because it had put many aspects of Advani-Modi rivalry in context.

But now that Advani has acquiesced to the pressure from the RSS and party rank and file and agreed to resume his duty in the party, another flurry of explanations can be expected in the media.

My own inferences from the all developments can be summed up as this:

- While it is widely believed that the charisma of Narendra Modi and his election-winning track record in Gujarat is undeniably linked to his divisiveness, the Advani resignation saga has taken this 'divisive' factor to new height. How further divisive can his legacy be in BJP? Only time will answer.

- Everyone is vulnerable in politics; in longer term if not shorter. It was the same Advani who had literally overruled Vajpayee in the party, 11 years back in Goa in the aftermath of Gujrat pogroms to help Modi navigate through the troubled waters. But now Modi seems to be playing perfectly with the vulnerabilities of a respectable but aging man with waning charisma.

- Finally, the party is the last resort of a politician. He/she may threaten, abuse, criticize and even revolt ,but ultimately it is nearly impossible to escape the dictates of the party. Likes of Uma Bharati and Jaswant Singh in BJP have already experienced it firsthand with a far longer period of distancing from the party but Advani has learned it overnight.

Monday, June 10, 2013

नगरकोट हाइकिङ र मध्यमवर्गीय निराशाका कुरा




अस्तिको हाइकिङबारे अर्को तहको विश्लेषण

(शुरुमा एउटा स्पष्टीकरणः मैले जति झुर लेखे पनि अहिलेसम्म तैंले वाहियात लेख्छस् भनेर साथीहरुले भनेका छैनन्, सम्पादकहरुले भन्नु अलग्गै कुरा हो । कति सम्म भने तैंले अनावष्यक लामो र पट्यारलाग्दो लेख्छस् भनेर भएकै कुरा पनि भनेका छैनन् साथीहरुले, यो उनीहरुको धैर्यता र महानताको कुरा हो । बाढी आउँदैछ भनेर हतार हतार खोलो तरेझैं हिजो दाइको जन्मदिनमा जाने हतारमा लेखेर पोस्ट गरिएको नगरकोट नियात्रामा केही कुरा छुटेकाले यो अर्को आलेख आएको हो । हिजोको आलेख द्रुत गतिमा पढिंदै गर्दा यात्रासित सम्बन्धित अरु केही रमाइला र केही गम्भीर पक्षहरु उजागर गर्नु यो आलेखको उद्देश्य हो । शब्दको झटारोले हिजै घाइते भएका साथीहरुले चाहिं यसलाई बेवास्ता गर्न सक्नुहुन्छ ।)


हिजोको लेखोटमा मैले हाइकिङका महिला साथीहरुको चर्चा नै नगर्नुको कारण छ । त्यो के भने पहिलो कुरा त उहाँहरुको संख्या सानो थियो । दोस्रो, व्यवस्थित पाराको वैवाहिक सम्बन्ध भएपछि विपरीत लिंगीहरुसितको सम्बन्ध वा अन्तक्रियालाई रोमान्टिसाइज गर्न अल्छी लाग्दै जाँदोरहेछ, विस्तारै र थाहै नपाइ (बिहेपूर्व त्यस्तो रोमान्टिसाइजेशनको कति महत्व हुन्छ भन्ने बाल विवाह नगरेका सबै महिला–पुरुषहरुलाई थाहा हुन्छ भन्ने मेरो मान्यता हो) । तेस्रो, पुरुष समाजमा महिलाहरुबारे हुने कुराहरुमा खासगरी पितृसत्ताको छापसँगै एक किसिमको पूर्वाग्रह र हैकमको भाव व्याप्त हुने गर्छ र महिला शरीरको कमोडिफिकेसनमार्फत् पुरुषहरुले आफ्नो स्वार्थ पूरा गर्न थालेको युग बितिसक्यो । एउटा उदात्त हाइकिङमा यिनै कारणले पुरुष र महिलाबारे बराबर कुरा गर्ने वा लेख्ने हो भने महिलाहरुलाई न्याय गर्न सकिंदैन ।

दोस्रो कुरा के भने, यात्रालगायतका मनोरञ्जनका माध्यमहरुमा बहिर्मुखी वा एक्स्ट्रोभर्ट साथीहरुको ठूलो भुमिका हुन्छ, त्यस्ता साथीहरुको बहुमत नै भयो भनेचाहिं फरक किसिमको बिजोग हुन सक्छ, त्यो अर्कै कुरा भयो । त्यो हिसाबले अस्तिको हाइकिङ अलि सन्तुलित नै देखियो । म अन्तमुर्खी त हैन, तर जब बोलौं बोलौं लाग्छ, म बोल्ने कर्म छाडेर यसलाई कसरी लेख्ने भनेर सोच्न थाल्छु र धेरैजसो मेरो बोली रोकिन्छ, खासगरी बहसको विषय गम्भीर र केही शब्दले न्याय गर्न नसकिने छ भने ।

यही प्रसंगमा मलाई उठाउन मन लागेको कुरा के भने, चिया पसलदेखि भट्टीसम्म र कार्यालयहरुदेखि हाइकिङ र ट्रेकिङ अनि विदेश भ्रमणसम्म, विभिन्न हिसाबले हामीहरुले आफू वरिपरिको वातावरणप्रति आफ्नो बेखुशी वा निराशा व्यक्त गरिरहेका हुन्छौं । देशलाई धिक्कार्ने र विदेश हानिने मौका कुरेर बस्ने युवाहरुको जमात त अझ बढ्ने क्रममा छँदैछ । त्यो हिसाबले यो देश र समाजमा सबैभन्दा रुष्ट र असन्तुष्ट मानिस मध्यम वर्गका शिक्षित मानिसहरु हुन् भन्यो भने धेरै अन्याय नहोला । त्यो किन पनि हो भने, हामलिाई हेर्न र बुझ्नलाई सारा संसार छ, लोभ गर्न संसार भरको समृद्धि र प्रगति छ तर हासिल गर्न र त्यसलाई अनुभव गर्न सत्ता र शक्ति हामीसँग छैन ।

Sunday, June 9, 2013

नगरकोट हाइकिङः श्रृंगार रसदेखि सोम-रससम्म

सुनसान जंगल, अघाएको पेट । घाम अस्ताउने बेला, बर्खाको ओभानो । कताकती जुका । छेउमै पाकेको चुत्रो र काफल । चराको चिरबिर अनि हावाको सर्सराहट । प्रेम आशक्तिमा डुबेको कुनै युवकलाई खिज्याउँदै र उड्याउँदै, उसको अनुहारको भाव पढ्दै अनि उसलाई हौस्याउँदै र फूक्र्याउँदै यस्तो बाटोमा हिंड्नुको आनन्द कस्तो हुन्छ भन्ने त्यसरी हिंडेपछि नै थाहा हुन्छ । 



काठमाडौंलाई कुरुप भन्ने मानिसहरु धेरै छन् । तर तिनको समस्या के छ भने तिनीहरु पैतालाजस्तो सम्म परेको धुलाम्य र धुवाँमय शहरी भागबाट बान्की परेको उपत्यकाको शरीर अर्थात् यसलाई घेर्ने पहाडहरुसम्म पुगेकै हुँदैनन् । 

जब जब यो खाल्टो वरपरका डाँडाकाँडा घुम्ने मौका जुट्छ, मलाई यो कुरा याद आइरहन्छ । काठमाडौंको सौन्दर्य वास्तवमा अनुपम छ तर त्यो उपत्यकाको पिंधमा बसेर देखिंदैन । 

त्यसमाथि पनि उन्मुक्त भएर गफ चुट्दै हिंड्ने साथीहरु हुने हो भने त्यस्तो यात्रा अविस्मरणीय नै बन्न पुग्छ । हिजो गरिएको साँखु–नगरकोट–साँगा हाइकिङ त्यस्तै रह्यो । एक कम पचास साथीहरु रहेकाले सबैसँग त्यति नजिक हुन पनि पाइएन र तर अनेकतामा एकता भनेझैं सबै जनाले आ–आफ्ना समूहहरु बनाएर हाइकिङको भरपुर मज्जा लिएको चाहिं देखियो । 

ट्वीटरमा श्रृंगार रसका लागि नामी र काफी लोकप्रिय सुवास कोइरालाको बहुचर्चित नाम कुलरिम्स रहनुपछाडिको रहस्य खोतल्दै गर्दा साँखुलगत्तैको ठूलो बाटो कटेको पत्तै भएन । लगत्तै उकालो शुरु भयो र केही क्षणमै एक दुरदर्शी साथीले बोकेको उसिनेको आलु खाँदै परिचय कार्यक्रम सम्पन्न भयो । अघिल्लो हाइकिङभन्दा मज्जा के भएछ भने चिकित्सा र इन्जिनियरिङतिरका थप साथीहरुको उल्लेख्य उपस्थिति भएछ र परिवारका सदस्य र साथीहरुलाई पनि हाइकिङ लैजाने चलन पनि राम्रै मौलाएछ । 

आलुबखडा खाँदै अघि बढ्दै जाँदा नेपाली सिनेमादेखि बाँदरमुढे घटनासम्म बहसमा आए र साथीहरुले खुलस्त विचार राखे । सेतोपाटीका गिरीशजी र हाइकरहरुमध्ये सबैभन्दा निष्ठाका साथ राजनीतिको रङ बोकेका पागलबस्ती दाइबीच बाँदरमुढे घटनालाई लिएर एउटा उचाइसम्म बहस भयो जसलाई खास विन्दुमा पुगेपछि गिरीशजीले हार्दिकताका साथ रोक्नुभयो । कुरा के थियो भने त्यो घटना कुनै पनि हिसाबले मानवताविरुद्धको जघन्य अपराध थियो भन्ने गिरीशजीको मान्यता थियो भने त्यसलाई त्यतिखेरको युद्धको वातावरणको सापेक्षमा राखेर हेर्नुपर्छ भन्ने पागलबस्ती दाइको तर्क थियो यद्यपि मानवीय दृष्टिकोणबाट त्यो गलत थियो भन्ने उहाँ मान्नुहुन्थ्यो । 

सधैंझैं बाटोभर कुलरिम्सलगायतका मांशाहारी र अर्ध मांशाहारी अभिव्यक्तिहरुले वातावरणमा रोमाञ्चको वातावरण बनाउँदै रहे भने वर्षा याम भएर पनि बादल मात्र लागिरह्यो, पानी परेन र मौसमले अचाक्ली साथ दियो । 

अन्ततः नगरकोट उत्रेर एउटा औसतभन्दा राम्रै लाग्ने होटलमा पहिल्यै टोली नेता इन्द्र ध्वज क्षेत्री (आकाशबाट पानी पार्ने नपार्ने निर्णय उहाँले र्न गर्ने हो भनेर जसका बारे चर्चा भइरहन्थ्यो) ले व्यवस्था गरेबमोजिम शानदार रुपमा फ्री वाइफाइसितै भात खाइयो, काभ्रेतिर फर्केर । 

त्यहाँबाट निस्केर अलि वर एउटा सानो थुम्कोमा बाबाजीको क्यामेराले फोटो सेसन गरेपछि टोली फर्कन लाग्दा ११ जना साथीहरुले पूर्व योजना बमोजिम बस चढेर फर्कनुभयो भने हामी बाँकीचाहिं बचेको दिनको सदुपयोग गर्न साँगातिर झर्ने उद्देश्यले बाटो सोध्दै अघि बढ्यौं । समाजमा हुने सबै बहसजस्तै नेताहरुलाई धुने पखाल्ने काम त भए नै, अछामका एक साथीले नेताहरु बारे नाम गोप्य राखेर केही खुफिया जानकारीहरु पनि दिनुभयो । खेलौना र यायावरजस्ता किताब, तिनबारे खगेन्द्र संग्रौलाले गरेका टिप्पणी र रवीन्द्र मिश्रका फिलान्थ्रोपीसम्म चर्चाबाट बाहिर रहेनन् । 

Thursday, June 6, 2013

सिर्जना चौधरी र कमलरीः अस्तित्वको आन्दोलन



कसरी कुनै बेला सास थामेर यातना सहने किशोरी र युवतीहरुले हामीलाई जीवन र समाजसम्बन्धी खरो व्यवहारिक ज्ञान दिइरहेका छन्

कमलरी सिर्जना चौधरीको इहलीला समाप्त भएसँगै कमलरी प्रथा लगायत उत्पीडनका अन्य धेरै तरिकाहरुबारे राम्रै बहस भएको छ । तर अझै पनि हाम्रो बहस समस्याको केन्द्रमा पुग्ने भन्दा पनि सतहमा चक्कर काट्ने पाराको भएको देखिन्छ ।


हत्या कि आत्महत्या?

प्रहरीले हिजो मात्र चौधरीको हत्या हैन, आत्महत्या भन्ने रिपोर्ट सार्वजनिक गरेछ । तर हिजोसम्म आउँदा एउटी सिर्जनामा भएको अत्याचारको झल्को दिने गरी अरु दर्जनौं पूर्वकमलरीहरुमाथि बर्बर दमन गरिसकेको थियो राज्यले प्रहरीमार्फत् । तिनको गल्ती थियो, न्याय खोज्न काठमाडौं धाउनु ।

यसरी प्रहरीको रिपोर्ट बन्नुअघि नै पुलिस लगायत राज्यका निकायहरु पीडितलाई न्याय दिने भन्दा पनि पीडकलाई बचाउनमा उद्यत हुन् कि भन्ने सन्देश पुगिसकेको थियो र पुलिसको दाबीप्रति ओठ लोप्र्याउने मानिसहरु धेरै हुनु स्वभाविक हो ।

चौधरीको आत्महत्या भएको अवस्था कम पत्यारलाग्दो भए पनि असम्भवैचाहिं हैन । तर यदि आत्म हत्या नै हो भने पनि एउटी १२ वर्षे बालिकाले आत्म हत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो? परिक्षाको डर भनेर पुलिसले दिएको कारण झारा टार्ने खालको त छ नै त्यसले सतहभित्र लुकेको यथार्थलाई थप छोपछाप गर्ने प्रयास गरेको देखिन्छ ।

यसरी हेर्दा सिर्जनाले आत्महत्या गरेकै भए पनि उनका मालिकले तत्काल हत्याको प्रत्यक्ष आरोपबाट त उन्मुक्ति पाउँछन् तर त्यो वातावरण सिर्जना गर्ने तात्कालिक कर्ताको रुपमा उनले उन्मुक्ति पाउन सक्दैनन् ।


सामुहिक अपराध

सिर्जना चौधरी र कमलरी प्रथालाई सानो घेरामा राखेर मात्र हेरियो भने त्यसले पीडितलाई न्याय गर्न सक्दैन । त्यो प्रथाका सामाजिक मात्र नभएर राजनीतिक र आर्थिक पाटाहरु पनि छन् । तिनलाई बुझ्न एकपटक निकट विगतको अनुभवलाई हेरौं ।

पछिल्लो संविधान सभा विघटन हुनुअघिको कुरा हो । नयाँ संविधान बनेर देश संघीयतामा जाने लक्षणहरु देखिंदै जाँदा देशमा असाधारण घर्षणको अवस्था पैदा भयो । त्यो कतै बौद्धिकहरुबीचको बहसमा सीमित भयो भने कतै मानिसहरु भौतिक रुपमै प्रदर्शन र वितण्डामा उत्रिए ।

त्यो समयमा देशकै सबैभन्दा बढी अस्तव्यस्त क्षेत्र सुदुर पश्चिम थियो र खासगरी त्यहाँको तराइमा त गृहयुद्दकै अवस्था सिर्जना गर्न उद्यत थिए मानिसहरु । नारा थियोः अखण्ड सुदुर पश्चिम । तर त्यो आन्दोलनको केन्द्रीय एजेण्डा अर्कै थियोः त्यहाँको यथास्थिति कायम राख्ने ।

के हो त सुदुर पश्चिम तराइको यथास्थिति? कुनै बेलाका भुपति थारुहरु अहिले मुलतः पहाडबाट झरेका नयाँ भुपतिहरुका कामदार र सेवक बनेका छन् । हलियादेखि कमलरीसम्म नाम धेरै छन् तर आफ्नै थातथलोमा शरणार्थी बनाइएका थारुहरुको साझा समस्या त्यही होः जमिनमा स्वामित्व नहुनु, आफ्नो आयको दिगो स्रोत नहुनु, शिक्षामा पछिडिनु, स्वास्थ्य सेवाबाट वञ्चित हुनु अनि अन्ततः सास धान्न यो वा त्यो रुपमा मालिकहरुको सेवा गर्नु ।

सुदुरपश्चिमको त्यो समस्या मध्यपश्चिमको दाङमा अझै विकराल रुपमा रहेको पाइन्छ र नेपालमा अझै पनि सामन्तवाद सबैभन्दा धेरै हावी भएको ठाउँको रुपमा दाङ आउँछ ।

अखण्ड सुदुरपश्चिम आन्दोलनले कायम गर्न खोजेको यथास्थिति अझै पनि जीवित छ र फलस्वरुप दाङ र सुदुर पश्चिम तराइबाट चिनेका मानिसहरुको जालोमार्फत् राजधानी र अन्य शहरतिर कमलरी वा घरेलु कामदारका रुपमा तस्करी हुने प्रक्रिया पनि जारी छ ।

यसरी हेर्दा कमलरी प्रथा एउटा सीमित विकृति वा अपवादभन्दा पनि त्यहाँको आर्थिक–सामाजिक अवस्थाको एउटा द्योतक हो र त्यस क्षेत्रलगायत नेपालको शासक वर्गकै सामाजिक स्वार्थ त्यसमा जेलिएर आएकाले त्यसलाई सीमित प्रक्रिया र त्यस्ता घटनालाई छिटपुट घटनाको रुपमा लिन सकिंदैन ।

Sunday, June 2, 2013

Secularism in South Asia: The Chickens Come Home to Roost

(First published by Foreign Policy Journal on June 1, 2013)


Over 2008-2009, the tide of secularism sweeping South Asia appeared unassailable. While the chickens have already come home to roost in Pakistan merely after a tenure of PPP-led government, the ailing UPA-II coalition in India led by the Congress fears a similar fate in upcoming polls after two exhausting tenures. Situation in Bangladesh looks more complicated and less predictable but some lessons are hard to miss.


In 2009 elections, the United Progressive Alliance (UPA), the incumbent secular alliance led by the Indian National Congress, got a thumping victory in India. To defeat the rival saffron alliance for two elections in a row, that too with an incremental margin, was no mean achievement and the future of the secularists looked cemented for the first time after the post-emergency debacle of Indira Gandhi in 1977.

It was not long after the lingering turmoil in Bangladesh had followed by a landslide victory of the secular-minded Awami Leage (AL) led by Sheikh Hasina in 2008, nearly decimating the right wing religious parties.
And in a dramatic turnaround, the polls in Pakistan held in 2008 to cap the Musharraf rule had also given the alliance led by PPP, known most widely for its secular credentials apart from corruptibility and tendency to misgovernance, an unambiguous victory.

In the tiny neighborhood of Nepal also, the centuries long Hindu monarchy had been formally uprooted in 2008 with a promise to establish a secular republic, even though the fate of the monarchy had been already sealed by the people’s movement in 2005.

To sum up, the tide of secularism seemed unassailable as the first decade of new century was concluding, sweeping across the political boundaries in South Asia. After a protracted affair with the religion as the driving force in politics, it was believed, people had said ‘enough is enough’ and sought an alternative.
The times have changed now, however, and so have the directions of political wind in various capitals of the South Asian countries.

The coalition of the secular parties in India has been battered so badly by the corruption scams and shoddy dealing of those scams by people at all levels in the government that it has become a heresy to praise the achievements of the UPA-II a year before the completion of its tenure.

With the recent revelation that even the politicians in ruling alliance are mulling over the option of early polls to bring the lackadaisical performance of the once-impeccable Manmohan Singh to an end, the future looks pretty grim for the coalition of secularist forces in India. While all of their loss is unlikely to transform into gain for the rival saffron alliance named NDA, a fractured verdict of the people is bad for both the secularists and the nation in general.

In neighboring Pakistan, Nawaz Sharif’s Pakistan Muslim League-Nawaz (PML-N) has just enjoyed a historic electoral gain. A witty journalist Mohammed Hanif has sarcastically commented that Sharif has won by promising airports to people who do not own even a bicycle, still both the gain for the religion-friendly parties and the loss for the secularists in Pakistan were highly significant. While duly sharing a record of corruption and misgovernance with the PPP, PML-N stands in contrast with the former in terms of its attitude towards the relationship between the state and the religion.

Looking deeper into the results of the polls in Pakistan, the performance of the ruling coalition over the past five years was far more decisive than any other factors like the Taliban’s selective targeting of secular parties prior to the polls, in determining the outcome. In face of intractable Taliban insurgency and failure of the PPP-led government to tackle the problem head on, the assumption, rather wishful thinking, that the Taliban could be better dealt by political powers ideologically closer to them seemed less absurd then it would appear otherwise.

And the tumult and turbulence in Bangladesh now is a bit complicated and rather unsettling, but the lessons to be learnt could be very significant.

Saturday, June 1, 2013

Exotic Manang: Photo-essay-1

(In collaboration with Dr. Awaz Khadka alias Manange Buddha)


Manang and Mustang are some of the most exotic tourist destinations in Nepal which combine both the pleasure of a breathtaking Himalayan beauty as well as a peek into the unique cultural tradition of the high Himalayas. Moreover, a trip to remote parts there reveals some relics of historical importance; foremost of them being the signs reminding the Khampa rebellion that once shook the polity in Kathmandu. 

A doctor by profession and serving in the district hospital in Manang, Aawaz Khadka has a keen sense of photography and he sees to it that the weekends are not wasted by just roaming around the district headquarters. Photos taken during his various trips in the high Himalayas soon drew my attention and he promptly agreed to let me publish some of his exotic photographs in my blog. This is the first in the 'Exotic Manang' series and more will surely follow.

In this beautiful array of photos, Khadka in a trip to a reclusive village of 'Phoo' gives a vivid impression of the geographical details as well as the glimpses from the ordinary life in the high Himalayas. Of special note are the boards mentioning the Khampa settlements, relics of the clandestine CIA-sponsored rebellion of the Tibetans against the PRC that started at 1959. 


Through all the difficulties in their daily lives, the Himalayan people have done everything to preserve their tradition; three miniature temples in sight here 
Phoo village? Nearly there
How beautiful is too beautiful? One is tempted to ask when such scenes materialize in real life
The Himalayan peaks are not that far!
The flora covered by frost; or is it snow?
Here comes a single house in the Himalayan wilderness
What is the height of physical luxury? The back of a yak, perhaps
Where ways part, just like in real life
Through the ravine, there passed a trail................ And they travelled
A caravan passes through a snow-covered trail
And life is not always about crests and troughs; there are plateaus too.......
Horses enjoying the Himalayan wilderness, in their own way
Abandoned Tibetan settlement at chyakhu on the way to Phoo: must be the relics from the Tibetan uprising

Sunday, May 26, 2013

It's official now! The new Myanmar has a Nazi party and its reps are sitting in the Parliament.

By Maung Zarni

(First published in the author's website Zarni's Blog on Saturday, May 18, 2013)


After having barked human rights and genuine democratization in Burma since the end of the Cold War, the west-led "international community" has of late come to play the role of "genocide enablers".  That is, from the United States to the European Union, from Britain to Japan, the Paris Club and the ADB, not to mention the "Burma-pernicious" International Crisis Group, as Australian economic adviser to Aung San Suu Kyi, Sean Turnell put it wryly.


A Truck with Nazi and Hitler Signs is driving around Mrauk U Township to celebrate the coming Buddhist New year; April 16, 2012; Arakan state, Burma. (Photo courtesy: Sophie Ansel, France. Published with permission. For more pictures, click here.)

IT's official now!

The new Myanmar has a registered Nazi party.  And it's called the Rakhine National Development Party (RNDP).

I just finished reading "Toe-tet-yay" or Progress, the official publication of the RNDP Information and Research Department, Volume 2, No. 12, 2012.

Naypyidaw has apparently incubated this party while Aung San Suu Kyi has wined and dined publicly with the leaders of the RNDP such as its Chairman MP Dr Aye Maung, a vet.

Nominally separate branches of the State - Presidency of Thein Sein, the Parliament, and the Judiciary - all tolerate, nay, tacitly back,  both the neo-Nazi Buddhist movement known as "969" led by fascist monks such as Wirathu (45) and the RNDP led by Aung Maung, himself a Bangladesh-born Rakhine.
A house being burned during the riots during the 2012 Rakhine State Riots (Photo by: Hmuu Zaw; source: Wikimedia Commo

In contrast, the State in Myanmar recently sentenced a Muslim customer who peeled a 969 sticker off the mirror at a street vendor with his motorcycle key to 2 years imprisonment for 'insult to religion'.  Never mind that 969 with its racist, hate-soaked messages isn't about Buddhism, but about the rising Burmese strain of Ku Klux Klan. . Worse, the Thein Sein administration in Naypyidaw has chosen not to bring to justice anyone who participated in the broad-day light slaughter10 Muslim pilgrims in public space in southern Rakhine town of Taung-gok in early June 2012.

With this type of blatant impunity and neo-Nazi biases, it is little wonder that the Rakhine National Development Party (RNDP) openly subscribes to Neo-Nazism, claiming Rakhine and Burma to be a "Buddhist state".

Its official journal "Toe-Tet-Yay" (or Progress) is littered with the word "beasts", reference to all Muslims of Myanmar who are supposedly empathetic to the Rohingya cause.  In media interviews after interviews, as well as in the Parliamentary discussions, the RNDP leaders publicly have with discernible admiration talked about how the Rakhine patriots should look to Israel and its apartheid, colonial state vis-a-vis the Palestinians as a model to handle their enemies - "Bangali", whom they consider neither humans nor ethnic group.

Progress's editorial (Volume 2, number 12, November 2012) endorsed the horrendous view - that Hitler may be a monster for Jews; he was the Hero for the Germans. This is the view that my Germans in their right mind would find extremely repulsive and difficult to sympathize.

This homegrown Nazi party of the Rakhines calls for the national level authorities in Naypyidaw  not to yield to any international pressure in dealing with the "Bengali 'viruses', to borrow a typical Rakhine reference to the Rohingya, decisively.  They mean to implement forcibly the racist 1982 Citizenship Act designed to exclude any Rohingya who didn't have any documentation to prove that their ancestry has been in Burma before the first British defeat of the Burmese feudal kingdom in 1824.  (Incidentally, printing machines arrived  in the palm-leaf society of feudal pre-colonial Burma only around the mid-19th century, and even then it was thanks to the Christian missionaries.  By this standard, 99% of the 'pure-blooded' Burmese would be rendered ineligible for citizenship.)

Thursday, May 23, 2013

'शिरीषको फूल'को ऐनामा आफैंलाई हेर्दा


जीवन जिउनका लागि शुन्यवादजस्तो झूर दर्शन संसारमा कहीं कतै छैन होला तर जिन्दगीको यो वा त्यो क्षणमा शुन्यता र निस्सारताको अनुभव नगर्ने मान्छे पाउन गाह्रै पर्ला । 

कुनै बेला थियो, सबैभन्दा दिक्कलाग्दो र निरर्थक किताबको नाम सोध्यो भने म भन्थेंः शिरीषको फूल । कति प्रयास गर्दा पनि एकैचोटि धेरै पाना नफर्काएसम्म त्यो पुस्तक सकिएको मलाई याद छैन । त्यस्तो किताबका लागि पारिजात जस्ती नाम चलेकी स्रष्टाले किन शब्द खर्च गरेकी होलिन् र मानिस त्यो किताबको किन सराहना गर्छन् होला भन्ने मेरो जिज्ञासा मेटिएकै थिएन ।

तर अस्ति आएर एक बसाइमै त्यो पुस्तक पढिसिध्याउँदाचाहिं लाग्यो, साहित्यको अस्तित्वका लागि स्रष्टाको कृतित्व र पाठकको ग्रहण शक्ति दुवैको तालमेल आवष्यक पर्दोरहेछ । मैले शिरीषको फूल यस अघि मन नपराउनुमा त्यही तालमेलको अभाव भएको मैले महसूस गरें । मैले पछिल्लो पल्ट त्यो पुस्तक पढ्ने प्रयास गरेयता ममा धेरै परिवर्तनहरु आएछन् भन्ने पनि मैले महसूस गरैं ।

त्यस्तो पहिलो परिवर्तन थियोः मैले जीवनलाई, विश्वलाई, समाजलाई, साथीहरुलाई, नायकहरुलाई, स्रष्टाहरुलाई अनि तिनका कृतिहरुलाई पहिलेझैं श्याम–श्वेतमा हेर्न बन्द गरेछु र सेतो र कालोको बीचमा खैरो क्षेत्र पनि हुन्छ र कति अवस्थामा दुवै अतिभन्दा बढी महत्व त्यो मध्यभागको हुन्छ भन्ने सिकेछु । जीवन जिउनका लागि शुन्यवादजस्तो झूर दर्शन संसारमा कहीं कतै छैन होला तर जिन्दगीको यो वा त्यो क्षणमा शुन्यता र निस्सारताको अनुभव नगर्ने मान्छे पाउन गाह्रै पर्ला । जसरी सबै साहित्य जति शुन्यवादी होस् भन्नु अव्यवहारिक छ, साहित्यमा शुन्यवादको प्रवेश नै नहोस् भन्नु त्यति नै अवान्छित लाग्छ मलाई अहिले ।

अर्को परिवर्तन थियो, यसबीच मैले केही युगान्तकारी आख्यान कृतिहरु पढेको थिएँ जसले केही पृष्ठमै मानव सभ्यताका लाखौं वर्षहरुको अवधिमा यो जातिले विकास गरेको चरित्रको एउटा सोलोडोलो चित्र खिच्न सकेका छन् । त्यस्तो एउटा सिर्जना होः आन्तोन चेखवको कथा वार्ड नं सिक्स । (त्यस्ता कृति पढेपछि कहिलेकाहीं आफूले लेखक बन्ने धृष्टताका साथ गरेका सिर्जनाहरु जलाएर अबदेखि नलेख्ने प्रण गरौं कि जस्तो पनि लाग्छ ता कि त्यस्ता महान् कृतिहरुको अपमान नहोस् ।) शिरीषको फूल यसपटक पढ्दा त्यो बूढो रक्स्याहा सुयोगवीरलाई चेखवको कथाको डाक्टरसँग दाँजिहेरेंः कृतिमा जीवन पछ्याइएको छ फगत एक जनाको तर त्यसले कथा भन्छ सयौं, हजारौंको मात्र हैन। समग्र मानव सभ्यताको एक चरणको ।

तेस्रो, सबै लेखकले सबै कृतिमा सबै किसिमका पात्र र पाठकका लागि न्याय गर्न सक्दैनन् भन्ने मेरो आविष्कार पनि नयाँ नै हो । जसरी आख्यानको केन्द्रमा एउटा वा सीमित पात्र हुन्छन्, त्यसै गरी आम मानिस वा आम पाठकमध्ये निश्चित जीवन दर्शन र मनोदशाको निश्चित अवस्थाका मानिसहरुलाई मात्र मज्जासँग छुन्छ एउटा कृतिले । अरुले पनि विभिन्न हदसम्म त्यो कृतिबाट आनन्द प्राप्त गर्न सक्छन् तर त्यसको तुलना पहिलो किसिमको आनन्दसँग हुनै सक्दैन ।

Wednesday, May 15, 2013

Hawking and a brief history of boycotts

By Ramzy Baroud

There is little doubt that the boycott movement is in constant growth and not simply because of the recurring news of artists and academics refusing to visit Israel, or take part in Israeli-sponsored events. Equally significant is the existence of strong layers of support being provided by civil society that makes it possible for artists, academics and others to adhere to the call of boycott, without fearing serious repercussions.

It is an event "of cosmic proportions", said one Palestinian academic, a befitting description regarding Stephen Hawking's decision to boycott an Israeli academic conference slated for next June. It was also a decisive moral call which was communicated on May 8 by Cambridge University, where Hawking is a professor.

Hawking is a world-renowned cosmologist and physicist. His scientific work had the kind of impact that redefined or challenged entire areas of research from the theory of relativity, to quantum mechanics and other fields of study. This towering figure is also wheelchair-bound - suffering from complete physical paralysis caused by amyotrophic lateral sclerosis (ALS) disease. For Hawking, however, such a painful fact seems like a mere side note in the face of his incredible contributions to science, ones that are comparable to only few men and women throughout history.

What is considered a prestigious scientific conference in Israel is hosted by President Shimon Peres, most remembered by Lebanese and Palestinians for ordering the shelling of a United Nations compound near the village of Qana in South Lebanon in 1996.

Stephen Hawking being presented by his daughter Lucy Hawking at the lecture he gave for NASA's 50th anniversary Source: Wikimedia Commons

The compound was a safe heaven, where civilians often sought shelter during Israeli strikes. Not that time around, however. 106 innocent people that were mostly children and women were killed and 116 wounded, including UN forces. That harrowing event alone would have sent Peres, then Israel's prime minister, to serve his remaining years in jail.

But of course, Israel is above the law, or so the Israeli government believes and thus it has consistently behaved accordingly in the last 65 years with a price tag of uncountable lives, untold destruction and protracted suffering of entire nations.

Hawking's response to the boycott call was immensely important. The man's legendary status aside, the Boycott, Divestment and Sanctions (BDS) movement has proved more durable and successful than its detractors - mostly Israel's apologists - want to believe.

Hawking's decision was also a testament that reason and morality should and must go hand in hand. Israel's boasting of its scientific accomplishments should mean zilch if such technology is put to work to advance state violence, tighten military occupation and make killer drones available to other countries, thus exporting violence and mayhem.
"Refuse to finance the occupation – Boycott Israel" – a Swedish poster calls for a boycott of Israel Photo by Jacob Rask, via Wikimedia Commons






The same "science" was used in abundance in Israel's latest two wars on Gaza (2008-09 and 2012) which claimed thousands of lives between the dead and wounded.

Saturday, May 11, 2013

Nepal: Letting the cat to guard the milk

(Published by Asia Times Online on May 16, 2013 as 'Nepal charges towards total impunity')

Already traumatized by thriving corruption and lawlessness in a protracted transition, Nepalis were shocked by the choice of a tainted and controversial person by politicians to lead the anti-graft body in the country potentially making way for total impunity. More appalling was the acquiescence of 'less corrupt' leaders, the judiciary and the president in the scheme. The proverb 'letting the cat to guard milk' aptly describes the situation. Either way, accountability is the prime victim. 


When the first ever Constituent Assembly (CA) in Nepal collapsed on May 27, 2012 without delivering the constitution, it was tempting to predict grim scenario ahead. But no one was sure about the magnitude of the potential troubles. A year away from the end of CA, Nepal is nowhere close to holding new elections. The unduly lengthened transition period has invited a host of complications some of which may well cripple the country for decades to come.
CIAA Building (Source: Official site of CIAA)

To start with, the government led by the UCPN (Maoist) leader Baburam Bhattarai that was at the helm during the collapse of the CA was reluctant to shed power as demanded by the opposition. This led to a sharp polarization between the ruling alliance that also constituted the regional parties from the southern plains of the country and the opposition alliance formed by Nepali Congress, CPN (UML) and other fringe parties. 

The stalemate was ended only few months back when the major political powers in the country agreed to a compromise solution in which the sitting head of the judiciary of the country would also head the new election government. Even though many doubted the credentials of the new government to hold elections on time, others thought it to be the least evil of the options.

All along, however, the major preoccupation for Nepali people has been otherwise: failure of the state to deliver in terms of economic betterment of the ordinary people. This has been compounded by the rampant corruption and lawlessness that serves elites and vandals at the cost of majority of people.

As such, institutionalized corruption and brazen loot of state wealth through more subtle means has been the major trend for long in Nepal. Over time, while a tiny fraction of politicians and bureaucrats has been punished for corruption, the large majority has been able to exploit the loopholes in the legal system to remain unscathed. Even more worrying trends have emerged in recent years in which the politicians have been using new and effective tools to amass wealth and power with absolutely no possibility of ever having to be held accountable for it. This includes the creation of proxies by recruiting the musclemen who work with near-total impunity under political patronage and reciprocate by giving a substantial amount of wealth to the politicians, in a win-win arrangement.
Lok Man Singh Karki (Source: Official site of CIAA)

These musclemen affiliated to different political parties and leaders now govern huge chunks of informal economy in the country and they operate through some methods that have become so frequent that they are taken as 'usual' or 'ordinary', like asking huge sums of money as donations from the industrialists or being employed by one contractor to physically prevent others from bidding for a government contract thereby eliminating the factor of competition. Host of other private cartels (those in transport and medical education sector being the most notorious among all) also thrive under due political patronage. 

As a result, while the state wealth meant to deliver services to people ends up in the pockets of politicians and musclemen, ordinary people are deprived of both the economic betterment and dignity. 

Monday, May 6, 2013

भविष्य चिन्तन– परधर्मो भयावहः


 एल बी छेत्री ,कविडांडा, भरतपुर



मुर्ख थिएँ, मौकाको फाइदा उठाउन सकिन । म दंग परेको थिएँ प्रजातान्त्रिक आवरणको नग्न स्वरुप देख्दा । डराएको थिएँ, घाइते हुन चाहदैनथें । तसर्थ तर्किएर बसें । तर्किएर बस्ने रुझ्दैनन । तर कतै रुझ्दछु कि भनेर तर्किएर बस्ने गन्तब्यमा पुदैनन् । पुगिनँ पनि ।  म काँग्रेस समर्थक थिएँ  तर काँग्रेस भित्रै प्रजातान्त्रिक आचरण को विरुद्धका क्रियाकलाप विरुद्ध असन्तुष्टि व्यक्त गरि नै रहें ।
The author


वि. स. २०६५ ताकाको कुराहो । एक पटक धनराज गिरीले मेरो सामु  बडो अफ्ठ्यारो प्रश्न तेर्साएका थिए– दादा देशको भविष्य कस्तो देख्नु हुन्छ ? तत्काल  मलाई केही सुझेन र उत्तर दिइन तर यो प्रश्नको  उत्तर खोज्न  मेरो मन र मस्तिष्क दुवै धेरै समय सम्म प्रयत्नशील रहेको म साक्षी छु । जाबो  एउटा सानो प्रश्नको उत्तर पनि दिन नभ्याउने असमर्थतामा खिन्न पनि थिएँ तर आफनो निरन्तरतामा बाधा पुग्न नदिने समयले सबै विर्साइ दिएको थियो।

धेरै दिनदेखि मुख सुकि रहेको थियो । राती पिसाब फेर्ने सङ्ख्यामा पनि वृद्धि भएको थियो । कतै मधुमेह? डर पस्नु स्वभाविक थियो ।  सुगर हो वा होइन को सङ्का राखिंरहन भन्दा डा. विजयको प्याथोलोजी गई रगत परीक्षण गराई सङ्कामुक्त हुनु नै उचित ठाने । देब्रे हातबाट एक बट्टा रगत तानेको आधा घन्टा पछि रिपोट प्राप्त हुँदा विगत केही दिनको ताप, दसदिनदेखि  खल्लो चिया र नुनिलो विस्कुटमा आफूलाई सीमित राख्दाराख्दा वाक्क परेको खिन्नता र  परीक्षणका लागि रगत तान्दा सियोले च्वास्स दुखाएको पीडा सबै हराएको थियो । रगतमा चिनिको मात्रा  शरीरलाई चाहिने आवश्यक मापदण्ड भित्रै रहेछ । खुशी लाग्यो । रिपोट लिएर फर्के र फर्कदा हाकिमचोकमा गाडी रोकेर रिपोट एकपटक फेरी हेरेँ, ८५ नै रहेछ । ढुक्कसँग मिठाइ पसलमा पुगेर अलिक चर्को अलिक   अधिकार मिश्रित  स्वरमा भनेः ताजा ताजा चार वटा जेरी पोको पार्नुस त । मैले मिठाइ पसलको भाइ लाई चारवटा जेरी पोको पार्न भन्दा त्यो होटल आफ्नै भान्साघर सम्झी खाइरहेका केही ग्राहकले मतिर पुर्लुक्क हेरेका थिए । मौन प्रश्न थियो– चार वटा ? अनि सुगरको भय छैन? मैले पनि स्वाभिमानी मुस्कान सहित आँखा जुधाएरै मौन उत्तर दिएको थिएः ढुक्क हुनुस् । यस्ता झिना मसिना खुद्रा रोग मेरो नजिक आउँदैनन् ।

घर पुगेर पत्रिकाको एउटा पानामा पोको पारेर प्लाष्टिक ब्यागमा राखिएको जेरी चारथान   म्याडमलाइ बुझाएँे । उहाँले जेरी प्लेटमा खनाउँदै यो कागत डस्टबिनमा फाल्दिनुस त भनेर दिनु भयो । आदेश मान्दै त्यो कागत हातमा लिएर बानीअनुरुप यसो हेरेको शारदा शर्माको बाटुलो अनुहारमा अङ्कित कोर्के आँखाले मलाई हेरिरहेजस्तो लाग्यो । कान्तिपुरको पाना रहेछ ।  ठूला–ठूला शब्दहरुको शिर्षकले चुनौतिपूर्ण सन्देश पोखेजस्तो लाग्यो– ‘काँग्रेसको बन्द–परधर्मो भयावहः’ ।
Tourists watch the act of arson during a Nepal Bandh
Photo: texasnepal.com, published under fair use policy.
माथि छापिएको थियो ‘कान्तिपुर । बिहीबार ७ पुस, २०६८’ । एक वर्षमा मात्र केही दिन नपुग । कति ठाउँबाट हन्डर खाँदै शारदा शर्माको दिनचर्या बाट प्रारम्भ  मानसिक बेदना पोखिएको कान्तिपुरको यो पानाले जेरी बोक्ने निहुँमा म कहा आइ पुग्ने नियति बोकेको रहेछ । श्रीमतीले चार मध्ये मात्र एउटा जेरी प्लेटमा राखी टेबलमा राख्दै भनेको सुने ‘रगतमा सुगर कम देखिए पनि गुलियो धेरै खान हुँदैन । हाम्ले पनि जानेका छौं ।’ विगत चालिस वर्ष देखी खेपी रहेछु यस्ता आदेश । म केही बोलिन ।

हातमा अल्झिएको पाना र टेबलमा सजिएर मख्ख परेको जेरी बीचको रहस्यमय सम्बाद मैले बुझ्न सकिन तर एकातर्फ शारदा शर्माको कोर्के आँखाको तस्वीरयुक्त लेखको आग्रह अर्काेतर्फ मज्जाले तारेर रातोरातो हुन लागेको ठूलो साइजको जेरीको आकर्षण । पहिला के गर्ने अनिर्णयको घडिमा मेरा मस्तिष्कतन्तुहरु केही क्षणका लागि आत्तिएका थिए । मैले नै समाधन निकालें–एक दुई लाइन पढ्छु अनि खान्छु । पढ्न थाले – ‘बाबा यति विहानै कतातिर ? मर्निङवाकबाट सँगै फर्केपछि फेरी हिंड्न तम्तयार भएको देखेर मैले सोधे’ मेरो ध्यान पहिला ‘बाबा’मा केन्द्रित भयो । मलाई पनि मेरो म्याडमले बाबा नै भनेर सम्बोधन गर्छिन । मिल्दो रहेछ । अनि दुवै मर्निङवाकबाट फर्केका, वाह ! यो पनि मिल्यो । हामी पनि कहिल्यै छुट्टिंदैनौं । मर्निङवाक सँगै गर्छौं । अनि म केही छिन विचार गर्न थालें संयोगवश मिले होला । केही समयदेखि प्रतिक्षारत जेरीतर्फ कोर्के आखाले हेरे–मनमनै भने–पख, एकै छिन । एक दुई अनुच्छेद पढ्छु अनि ।
“नेपाली काँग्रेसको सडक बन्द गर्ने कार्यक्रम रहेछ, चकित भएर हेरिरहे मैले उसलाइ, हिजो पनि उनिहरुको मसाल बाल्ने कार्यक्रम थियो राति ।”

म सडक बन्दको घोर विरोधी  । सडक कसैको व्यक्तिगत सम्पत्ति होइन । जसले जनता लाइ सडकमा हिड्नसमेत प्रतिबन्ध लगाउँछ उसले जनताको हित गर्ला भनेर कहिल्यै पत्याउँदिन । अगाडि पढेंः
 “काँग्रेसले पनि बन्द र तोडफोड गर्ने हो भने यो मुलुकमा संविधान किन बनाउनु पर्यो? किन थप्नु पर्यो संविधान सभाको म्याद? किन चाहियो कानुन र विधि? सडक बाटै सबैथोक गरिहाले भइहाल्यो नि अब?”

 यहाँ म अलिक अडकिएँ । “काँग्रेसले पनि ...? अर्थात् काँग्रेस बाहेक अन्य पार्टीले बन्दको आवह्वान गरेकोमा लेखिकालाई उति सारै आपत्ति रहेनछ । वा शारदाजीको दृष्टिकोणमा  अन्य पार्टीलाई बन्द गर्ने चारित्रिक छुट  रहेछ । शायद उहाँ नेपाली काँग्रेसलाई अन्य राजनैतिक दलहरुलाई भन्दा अलिक धेरै माया गर्नु हुँदो रहेछ र काँग्रेसको चारित्रिक अवगुणबारे सचेत हुनुहुँदो रहेछ । विभिन्न किसिमका वैचारिक उडानमा म आकासिदै गए । म २०४२ ताका पटना विश्व विद्यालयमा स्नतकोत्तरको विद्यार्थी रहँदा  दीलबहादुर बोगटी सरले डा. सुर्यमणि अधिकारी, चिरन्जीवी श्रेष्ठ, महेश्वर श्रेष्ठ वा अन्य प्रजातान्त्रिक विचार धाराका प्राध्यापक तथा समाजसेवीहरुसँग मेरो परिचय गराउनु भएको थियो । नढाँटी भन्दा त्यसबेला सम्म म नेपालको राजनैतिक परिपाटीसँग अपरिचित जस्तै थिएँ ।

 एक पटक  उहाँले मलाई जमलमा नेपाली काँग्रेसको कार्यालय हुँदा कृष्णप्रसाद भट्टराईसँग पनि भेट गराउन भएको थियो । प्रजातन्त्र एउटा सभ्य आचरणमा आधारित व्यवस्था हो र नेपालमा प्रजातन्त्रको सिद्धान्त नेपाली काँग्रेससँग नजिकिएको हुनाले मलाई पनि नेपाली काँग्रेस समर्थकको रुपमा गणना गरियो र ०४६ सालको आन्दोलन ताका त्यही समूहबाट नारा गर्दै हिडियो । तर म काँचो थिएँ, छिट्टै पोल्यो । हौडे थिएँ  पन्छिएँ । मुर्ख थिएँ, मौकाको फाइदा उठाउन सकिन । म दंग परेको थिएँ प्रजातान्त्रिक आवरणको नग्न स्वरुप देख्दा । डराएको थिएँ, घाइते हुन चाहदैनथें । तसर्थ तर्किएर बसें । तर्किएर बस्ने रुझ्दैनन । तर कतै रुझ्दछु कि भनेर तर्किएर बस्ने गन्तब्यमा पुदैनन् । पुगिनँ पनि ।  म काँग्रेस समर्थक थिएँ  तर काँग्रेस भित्रै प्रजातान्त्रिक आचरण को विरुद्धका क्रियाकलाप विरुद्ध असन्तुष्टि व्यक्त गरि नै रहें । ०५३ ताका म वीरेन्द्र बहुमुखी क्याम्पसको प्राध्यापक संघको सभापति हुँदा  टेकप्रसाद गुरुङले नेपाली काँग्रेस जिल्ला कमिटीमा वरिष्ठ सल्लाहकारमा पहिले नियुक्त गरे पछि म्याद थपेनन्
Article by Sharada Sharma in ekantipur. Read it here
। तर गलतको विरुद्ध बोल्न छोडिनँ । नतिजा पनि प्रस्टिंदैगयो । साथीहरु टाढिंदै गए । म एक्लिंदै  गएँ ।

बोगटी पनि असमर्थ थिए मेरो पक्षलाई सहर्ष स्वीकार गर्न र भन्थे मलाई 'सर राजनीति गर्दा धेरै कुरोमा आँखा चिम्लिनु पर्छ ।' म भन्थेंः ‘मलाई राजनीति गर्नु छैन सर’ । बोगटी भन्थे  ‘हामी यसरी पन्छिंदै गयौ भने देशमा असक्षमहरुको साम्राज्य स्थापित हुनेछ ।’ मेरो  उत्तर हुन्थ्यो ।  ‘भइ सकेको छ बोगटी सर । त्यस धरातलमा  अब हाम्रो प्रवेश वर्जित छ ।’ पार्टीले तपाई लाई राजदूत बनाउन पनि सक्छ, बोगटी सर ले तर्क राख्नु भएको थियो । मैले निरीहता ब्यक्त गरेको थिएँ ‘अनि अनुहार कस्को उधारो लिने ?’बोगटी सरको म प्रतिको विश्वास र मेरो सपनाको त के कुरा राजनीतिलाई पुख्र्यौली सम्पत्ति भन्नेहरु पनि कति ठाउँमा धाराशायी हुँदै गएको पढें पनि देखें पनि । गोविन्दराज र चिरन्जिवी वाग्ले, जय प्रकाशहरु पहिला मौलाउँदै गए, पछि थन्किदै गए । २०५६ सालको चुनावमा गंगाधर लम्साल झल्याझुलक चर्चामा रहे अनि बिलाए । सावित्री बोगटी, भेटवाललाई हराएर कीर्तिमान स्थापित गरिन्, अनि विश्राम ।

Sunday, May 5, 2013

प्रोजेक्ट लोकमानः लोकतन्त्रमाथि सामुहिक बलात्कार


पछिल्लो विकासक्रम हेर्दा एमाललेले आफ्नो साविकको धर्म थाम्दै यो प्रकरणमा पनि धरमर र ढूलमूलको सहारा लिएको छ र पार्टीभित्रचाहिं देशभरको समग्र गुन्डागर्दी र कालो अर्थतन्त्रको नेतृत्व तहमा रहेका के पी ओली नामका मनुवाले लोकमान पूजाको शंख फुकिरहेका छन् । काँग्रेसमा चाहिं दलभित्र व्यापक असन्तुष्टि भए पनि र सभापति कोइरालाले लोकमानको नियुक्ति रोक्ने सार्वजनिक वाचा गर्दै गरे पनि निर्णायक बिन्दुमा पुगेर खुट्टा कमाउने सम्भावना बढी छ । विगत केही वर्षमा आफ्नो दशकभरको राजनीतिक पुँजी बेचेर खाइसकेको माओवादी भनिने दलका अध्यक्ष प्रचण्ड त पूरा प्रोजेक्ट लोकमानकै प्रणेता बनेर आएका छन् र माओवाद र खाओवादको बीचमा विलखबन्दमा परेको माओवादीलाई पार लगाउने एक मात्र माध्यम लोकमान हुन सक्ने प्रचण्डको विश्लेषण भएको मानिन्छ । गच्छेदार केन्द्रमा रहेको मधेशी मोर्चाका लागि त त्यस्तो पदमा लोकमान भन्दा योग्य पात्र अरु कोही हुने सम्भावना नै भएन । 

भन्ने गरिन्छ, एउटाले जे गर्दा अपराध मानिन्छ, त्यही कर्म सबैले गर्न थाल्यो भने त्यसलाई एउटा चलन मानिन्छ ।

अहिले नेपाली राजनीतिको केन्द्रमा रहेका दलहरुले एउटा त्यस्तै अपराधकर्मलाई चलन वा एउटा अभ्यासको रुपमा स्थापित गर्न कोशिस गर्दैछन् । पछिल्लो समयका लक्षण हेर्दा लोकमान नामका मानिसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति गर्ने दिशामा ठूला दलहरु संगठित रुपमा लागेका देखिन्छ जसले गर्दा उनको नियुक्ति रोकिने सम्भावना झिनो छ ।

व्यक्तिगत रुपमा लोकमान वा अर्को कुनै व्यक्तिविशेषप्रति द्वेष राख्नुपर्ने वा उसको उछितो काढ्नु पर्ने कुनै कारण छैन । तर यो प्रकरणले अझै पनि नेपालीहरुको प्रतिनिधित्व गर्छौं भन्ने भ्रम पालेर बसेका दलका नेताहरुको चरित्र नंग्याएको छ र लोकमानको ऐनामा दलहरु पूर्णतः नांगिएर प्रस्तुत भएका छन् ।

अख्तियारमा लोकमानको आसन्न नियुक्तिको अझ डरलाग्दो पाटो पनि छः त्यो हो दलहरुको आर्थिक अपराधकर्मलाई विस्तार गर्ने र सदाका लागि त्यसको खोजविनको सम्भावना अन्त गर्ने प्रयासमा न्यायालयको अप्रमाणित तर अति प्रवल सम्भावना रहेको मिलेमतो । पत्रकारलाई निषेध गरेर लोकमानको पक्षमा निर्णय दिले लाल नामका एउटा न्यायधीशलाई लोकमान वा तिनका धुपौरेले यति करोड वा अरब दिए भन्ने प्रमाण कसैसँग छैन किनकि लेनदेन गरेकै भए पनि तिनले त्यसको कुनै प्रमाण छाड्ने सम्भावना नै छैन । यदि प्रोजेक्ट लोकमानमा न्यायालयको सक्रिय भुमिका छ भने त्यसबाट महामहिम खिलराजको दुरी कति छ भन्ने पनि स्पष्ट छैन ।

अलिकति पनि विवेक भएका मानिसले अहिले लगाउने अड्कलचाहिं यो होः प्रोजेक्ट लोकमान यसै आएको छैन । यसका पछाडि देशका सबै जसो ठूला शक्तिहरु छन् । र यसले देशलाई कहाँ पुर्याउने हो भन्ने पनि स्पष्ट छ ।

Friday, May 3, 2013

Clinical pathology: a vanishing discipline in Nepal?

It appears Nepali pathology labs are in a race to bottom and most pathologists think that their future is doomed. Is it true? And if yes, why?

"Pathology is like a stem of a tree whose roots are formed by the basic disciplines of anatomy, physiology, etc. The other disciplines are like the branches of the tree." says Dr. H P Dhakal, one of the senior pathologists of Nepal and former director of of BPKMCH, Chitwan.

"In coming ten years, there will be zero scope for pathology. It is before we can find some more dependable option that we are forced to cling to it. There is no point on placing too much hope on this lost subject." says a pathologist serving in the same hospital now.

So what is pathology? Is it a glorious and crucial subject in medical science or just a dumping ground for few people who do not end up with other clinical subjects?

The irony is that Dr. Dhakal who stresses the importance of pathology as a discipline so aptly, a highly acclaimed pathologist having already published at least six articles in international journals in the field, is now abroad; having been snubbed by the institution which he helped to establish. "What I did was best for me and the timing I left was also exact", recollects Dr. Dhakal in a short trip to Nepal.

The depressing expression of another pathologist are followed by the explanation as to why the Nepali pathologists would vanish in a decade's time. While the world at large and the neighbors like India are making big strides in the field of pathology thereby unfolding the mystery of the diseases one after another, this pathologist foresees Nepal as the most profitable collection center for foreign pathology labs.

While the expression may have exaggerated the reality, the troubles of the discipline in Nepal are ominous.

Share It