Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Sunday, March 22, 2015

यसकारण अस्पतालको सेवा ठप्प भएमा डा केसी हैन राज्य जिम्मेवार





डा गोविन्द केसीको आन्दोलनको विभिन्न कोणबाट आलोचना विगतदेखि नै हुँदै आएका छन् र अधिकांश त्यस्ता आलोचनाहरुको सार के हुन्छ भने आन्दोलनका क्रममा सेवा अवरुद्ध हुँदा उपचार नपाएर कोही मर्यो भने त्यसको जिम्मेवार डा केसी हुनुपर्छ । विगतदेखि नै उपभोक्तावादी संघसंस्थाहरु त्यही कारण देखाएर डा केसीलगायत चिकित्सकहरुको विरुद्ध अदालत जाने र अदालतले चिकित्सकहरुका कदम रोक्न आदेश दिने गरेका छन् ।

 स्वभावतः कुनै पनि अन्तर्मानव सम्बन्ध र द्वन्द्वमा हाम्रो विश्वास पद्धति, वैचारिक पक्षधरता अनि आग्रह र पूर्वाग्रहको मिश्रणले हामी कुन कित्तामा उभिने भन्ने निर्धारण गर्छन् । अरु कसैले उठाएको आम सरोकारको विषयमा समर्थन वा विरोध जनाउने अधिकार हामी सबैसँग छ  ।


तर शब्दहरुले जति कुरा बोल्ने गर्छन्, त्यति लुकाउने पनि गर्छन् । मानिसहरुलाई भ्रममा पार्न सफेद झुट बोलिरहनु पर्दैन, सत्यको एउटा अंशलाई लिएर मानिसहरुको ध्यान त्यसमा मात्र खिच्न सके हुन्छ ।

 उपभोक्तावादीलगायत डा केसीका आलोचकहरुले टिप्ने गरेको सत्यको अंश के हो भने विगतमा डा केसीको अनशनका क्रममा स्वास्थ्य सेवा अवरुद्ध भएको थियो । तर लुकाइएको सत्य के हो भने अनशन र स्वास्थ्य सेवाको अवरुद्धि एकैसाथ भएका थिएनन् । अनशनको पहिलो हप्ताभर देशभरको स्वास्थ्य सेवामा कुनै अवरोध आएको थिएन ।

 तर राज्यले आफ्नो सनातन चरित्र देखाउँदै शान्तिपूर्ण रुपमा गरिएको अनशनको कुनै सुनुवाइ गरेन । डा केसीको स्वास्थ्य नाजुक हुँदै गयो र देशभरका चिकित्सकहरु धर्म संकटमा परेः साविकअनुसार सेवा दिऊँ, अन्धो र बहिरो भएको नाटक गरिरहेको राज्यले डा केसीको अन्तिम साससम्म माग सम्बोधन गर्ने लक्षण देखाएन, सेवा नदिऊँ, राज्यबाट पहिल्यैदेखि अपहेलित आम मानिस स्वास्थ्य सेवाबाट वञ्चित हुने ।



 त्यही असहजताका बीच चिकित्सकहरुले बाध्यतावश कालो पट्टिबाट शुरु गरेर आंशिक रुपमा ओपीडि सेवा अवरुद्ध गरेका हुन् ।

 डा केसी आफ्ना लागि पद वा सुविधाका लागि अनशन बसेका भए सबैले उहाँलाई बेवास्ता गरेर काममा लागिरहन्थे भन्नेमा दुविधा छैन तर उहाँले लिएको एजेण्डा सबैको भएकाले त्यसमा सबैको ऐक्यबद्धता भएको हो ।

 गोप्य एजेण्डा नभएको कुनै पनि स्वतन्त्र नागरिकले भन्न सक्छः त्यो अवरोधका लागि डा केसी नभएर सरासर राज्य जिम्मेवार थियो । राज्यलाई पहिल्यै थाहा थियो डा केसीलाई प्राणत्याग गर्न छाडिदिन सकिंदैनथ्यो । उहाँका माग राज्यको अकर्मण्यता र गैर–जिम्मेवारपनका कारण सिर्जना भएकैले राज्यले खाली आफ्नो जिम्मेवारी पुरा गरेर उहाँका मागको सम्बोधन गर्न सक्थ्यो र अनशनको पहिलो हप्ताभरमा त्यसो गरेको अवस्थामा एउटा बिरामी पनि उपचारबाट वञ्चित हुनुपर्दैनथ्यो ।

 तर पनि राज्य आफैं माफियाहरुसित साँठगाँठ गरेर दुई हप्तासम्म पर्खेर बस्यो र त्यस्तो असहज स्थितिको सिर्जना भयो ।

 भन्नका लागि जसले जे भन्ने पनि स्वतन्त्रता छ तर डा केसीका कदमहरुको निन्दा गर्दै उहाँलाई नैतिक शिक्षाको पाठ पढाउनुअघि कसैले पनि निम्न प्रश्नको जवाफ दिनुपर्ने हुन्छः डा केसीले अनशन घोषणा गरेपछि मात्र किन उनीहरुमा मानवीय संवेदना जागृत भएर आउँछ? उपभोक्तावादी लगायतका संस्थाहरु तब कहाँ थिए जब स्वास्थ्य मन्त्रीले देशको समग्र चिकित्सा क्षेत्र नै अस्तव्यस्त हुने गरी भ्रष्टाचार प्रमाणित भइसकेको पार्टी कार्यकर्तालाई नेपाल मेडिकल काउन्सिसलको अध्यक्ष बनाएका थिए? कहाँ छन् उनीहरु जब त्रिविले षड्यन्त्रपूर्वक देशमा चिकित्सा शिक्षाको गुणस्तर शुन्यमा झर्ने गरी आइओएमको अस्तित्व मेट्ने प्रयास गरिरहेको छ?

 अझ गजबको कुरा त के छ भने, आन्दोलनका बेला एकाध दिन सेवा नपाउने बिरामीहरुका लागि विलौना गर्ने मानिसहरु कहाँ हराउँछन् जब हप्ता, महिना र वर्ष हुँदै दशकौंसम्म देशका अस्सी प्रतिशत मानिसहरुले या त स्वास्थ्य सेवा नै नपाउने या त गुणस्तरहीन स्वास्थ्य सेवा पाउने अवस्था हुन्छ? के बिरामी अरु बेला उपचारबाट वञ्चित छैनन्? देशको आधा भुगोलमा मुस्किलले एक प्रतिशत चिकित्सक हुँदा उत्पन्न हुने असमानता र त्यसले बढावा दिने रोग र मृत्यू उनीहरुलाई बिझाउँदैन? अनशनका बेला शिक्षण अस्पताल बन्द हुँदा नर्सिङ होममा बिरामी लुटिए भनेर रोइकराइ गर्नेहरु कहाँ हराउँछन् जब दलका कार्यकर्ताहरुले नियोजित रुपमा आइओएम र वीर अस्पतालजस्ता संस्थाहरुलाई धराशायी पार्छन् र दशकौंसम्म लाखौं बिरामीहरु स्तरीय र सस्तो सेवाबाट वञ्चित हुन्छन्?

डा केसीका सदावहार र पेशेवरजस्ता लाग्ने निन्दक र आलोचकहरुका कुरा सुन्दा लाग्छ केही दिन वा एक हप्ता बिरामीले सेवा नपाउनु अक्ष्यम्य अपराध हो तर सदाका लागि विपन्न बिरामीहरुको उपचारको ढोका बन्द गरिनु सह्य गतिविधि हो । त्यो भएकैले सबै नागरिकहरुले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्यो भनेर डा केसीले गर्ने अनशन गलत छ भन्ने उनीहरुको निचोड छ ।

 राज्यको निरन्तर धोखाधडी र अपमानका बाबजुद पनि विगतमा चारचोटि ज्यानको बाजी लगाएर डा केसीले हासिल गरेका उपलब्धि के छन् र ती कसको हितमा छन् भनेर सबैले बुझ्नै पर्ने हुन्छ । डा केसीको प्रयासले अहिलेसम्म यो क्षेत्रको कायापलट पक्कै भएको छैन (अख्तियार र अदालत बाधक बनेर नआएको भए शायद त्यस्तो कायापलट पनि भइसक्थ्यो) तर गल्ली गल्लीमा विना पढाइ चिकित्साको डिग्री मात्र बेच्ने धेरै थान पसलहरु खोल्नबाट रोकिएका छन् । कायम मेडिकल कलेजहरु नियामक निकायलाई किनेर भन्दा गुणस्तर कायम गरेर चिकित्सा शिक्षा दिन आंशिक रुपमा भए पनि बाध्य भइरहेका छन् । डिग्री र लाइसेन्स भएका तर ज्ञान र सीप नभएका थप हजारौं चिकित्सकको सम्भावित मारबाट नेपालको जनसंख्या बचेको छ ।

 यी उपलब्धि तत्काल देखिंदैनन् र अबको अनशन सफल भयो भने त्यसका उपलब्धि पनि वर्षौंसम्म देखिने छैनन् । ती उपलब्धि देख्न त हामीले स्वास्थ्य क्षेत्रलाई नजिकबाट र दशकौंसम्म अवलोकन गर्नुपर्ने हुन्छ ।

 अब कुरा आयो आन्दोलनको स्वरुपको । सेवा अवरुद्ध नगर र भद्र रुपमा आवाज उठाऊ भनेर हामीले अरुलाई भन्नुअघि यो कटु यथार्थ बुझ्नु जरुरी छः हाम्रो राज्य अन्धो र बहिरो छ । सभ्य र शालीन तवरले उठाइएका आवाज उसले सुन्दैन । 

 जीवनभर निस्वार्थ सेवा गरेर साख कमाएको मानिस नभएको भए डा केसी अनशनै बसेको अवस्थामा राज्यले उहाँलाई चुपचाप प्राणत्याग गर्न छाडिदिने थियो । नेपाली समाजमा उहाँले हासिल गरेको उचाइका कारण उहाँका मागको सुनुवाइ गर्न राज्य बाध्य छ तर सजिलै त्यस्तो सुनुवाइ गर्ने पक्षमा ऊ छैन किनकि नेपाली नागरिकहरुको स्वस्थ रहेर बाँच्न पाउने अधिकारको सौदाबाजी गरेर राज्यका हर्ताकर्ताहरुले आफ्नो खल्ती भरिरहेका छन् ।

 त्यसैले आफ्नो अकर्मण्यता, लापरवाही र अपराध ढाक्ने राज्यको एउटै उपाय छः डा केसीको अनशन शुरु हुन दिने, माग पूरा नगर्ने, चिकित्सकहरु बाध्य भएर सेवा प्रभावित गर्छन्, अनि उनीहरुको बदनामी हेरेर आफू चोखो ठहरिने ।

राज्यको त्यो रणनीतिको प्रत्यक्ष वा अप्रत्यक्ष चालका रुपमा मिडियामा डा केसीको निन्दा गरेर विचार–विश्लेषणहरु आउनु स्वभाविक हो, बरु त्यसो भएन भने अनौठो माने हुन्छ किनकि शक्तिका भक्त र पुजारीहरुको समाजमा कुनै कमी छैन ।

जाँदाजाँदै डा केसी त्रिवि शिक्षण अस्पतालमा अनशन बसेकाले सेवा अवरुद्ध हुन्छ भन्ने भ्रम मेटाउन सबैले निम्न जानकारी राख्दा राम्रो हुन्छः

 जानकारी १ः शिक्षण अस्पताललगायत नेपालभर अघिल्लोचोटि स्वास्थ्य सेवा अवरुद्ध भएको शिक्षण अस्पतालको प्रांगणमा उहाँको भौतिक उपस्थिति भएकाले हैन, उहाँको एजेण्डा सबैको साझा भएकाले र राज्यले उहाँलाई मृत्युतिर धकेल्दा देशभरका चिकित्सकहरुले ऐक्यवद्धताका लागि नैतिक दबाब महसुस गरेकाले हो । राज्यले बाध्य पार्यो भने उहाँ जहाँ अनशन बसे पनि उहाँको बचाउका लागि चिकित्सकहरु उत्रन सक्छन् ।

 जानकारी २ः अस्पतालको सेवा त के आइओएमका विद्यार्थीहरुको पठनपाठनको कार्यक्रम समेत अवरुद्ध नगरी अनशन बस्ने कार्यक्रम छ डा केसीको । अरु धेरै मानिसझैं एकथरि बोली र अर्को व्यवहार भएको मानिस उहाँ हैन । अनशन शुरु भएसँगै पठनपाठन र सेवामध्ये केही पनि प्रभावित हुनेछैन भन्ने कुरा भोलि नै स्पष्ट हुनेछ । जहाँसम्म डा केसीको स्वास्थ्य बिग्रंदै गएसँगै अदालतको अवज्ञा समेत गरेर चिकित्सकहरुले सेवा छाड्ने कुरा छ त्यो सेवा छाड्ने प्रत्येक चिकित्सकको व्यक्तिगत विवेक र उत्तरदायित्वबोधको कुरा हो । त्यो अप्रिय निर्णय लिने कि नलिने भन्ने कुराको डा केसीको अनशन बस्ने निर्णयसित सम्बन्ध नभएर राज्यले उहाँलाई बचाउन पहलकदमी लिन्छ कि लिंदैन भन्ने कुरामा भर पर्नेछ ।

  अब आशा गरौं, राज्यले सेवा अवरुद्ध हुने अप्रिय चरणसम्म अबको आन्दोलनलाई तन्काउने छैन । र स्पष्ट कुरा के हो भने, सेवा अवरुद्ध भयो भने पनि त्यो डा केसीका कारण हुने छैन । ।

 र अन्ततः अबको आन्दोलनका देखिने र नदेखिने जति मूल्य सबै पक्षले चुकाउनुपर्छ, त्यसका लागि राज्य र राज्य मात्र जिम्मेवार हुनेछ किनकि उसले सहजै माग पूरा गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने सम्भावना हुँदाहुँदै मुठभेडको असहज र अप्रीतिकर बाटो रोजेको छ ।

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more