Himalaya Watch

People, issues. Debates, perspectives. Details, nuances. A crisp view from the top.

Visit the new professional website of Jiwan Kshetry

Sunday, March 1, 2015

Open letter to Sharada Sharma




 
तपाइँको कुरा त  यस्तो छ सडकको मानिसलाई उठाएर सर्वोच्च पुर्याइएको भए मात्र नरहरीजी आलोचना योग्य हुन्थे।  स्पस्ट छ, यति बहसपछि पनि  नरहरिजी लगायत नेपालको नेतृत्व तहले  आम मानिसको सरोकारको प्राथमिकता बुझ्न सकेको छैन।  नरहरि आचार्य नामक मानिसले गलती वा अवैधानिक कार्यको प्राविधिक परिभाषा पूरा गर्यो वा गरेन  भन्ने आम सरोकारको  विषय हुँदै  हैन।  उसको कदमले व्यवहारमा दशकऔंको न्याय सम्पादनलाई प्रतिकूल असर पार्यो   पारेन भन्नेचाहिँ हामी सबैको सरोकारको  विषय हो।
.................................
अनलाइन माध्यमहरुमा यहाँ हरुप्रति जून दुर्व्यवहार भयो, त्यस सित चित्त दुखाउनु ठिकै हो।  तर जबसम्म तर्क र विवेक भएका मानिसहरुले नरहरि जी वा अरु कसैको आलोचना गर्छन, त्यसबाट विचलित हुनुपर्छ जस्तो मलाई लाग्दैन, जून दिन मानिस हरुले नरहरीजी र काँग्रेसलाई पनि एमालेको कित्तामा राखेर आलोचना समेत गर्न छाड्छन, चिंता लिनुपर्ने अवस्था त्यो हो।



शारदाजी नमस्कार!

 कानून मंत्रिको रुपमा नरहरिजीको एक वर्षे कार्यकालको मूल्याङ्कन त धेरै हिसाबले भैरहेको छ।  तर यहाँको भावपूर्ण लेख पढेपछि यो अवधिमा उक्त जिम्मेवारीले यहाँको परिवारमा परेको प्रभाव पनि  थाहा भयो।  खास गरी  सामाजिक संजालहरुमा  जसरी यहाँहरु आक्रमणको तारो बनाइनुभयो, त्यो सर्वथा निंदनीय छ।   

शुरूमा यति स्वीकारीहलौं  कि, न्यायधीश नियुक्ति प्रकरणमा नरहरि जीका कड़ा आलोचकहरूमध्ये म पनि  एक हूँ।  तर नेपालको सबैभन्दा भ्रस्ट र काम नलाग्ने मानिस नरहरि आचार्य भनेर मैले आलोचना गरेको हैन।  तर्क र विवेकसंगत तरिकाले नरहरीजीको जजसले आलोचना गरे, उनिहरुको त्यस्तो आलोचनाको कारण उहाँ सबभन्दा काम नलाग्ने ठहर गरेर नभई अरुसँग भन्दा मानिसहरुको उहाँसँग बढ़ी अपेक्षा भएकोले हो भन्ने मलाई लाग्छ।
नरहरि आचार्य र दामोदरप्रसाद शर्माः बौलठ्ठीपन कि चरम भ्रष्टाचार? - See more at: http://jiwankshetri.blogspot.com/2014/04/blog-post.html#sthash.R5Vg5Mmy.dpuf
नरहरि आचार्य र दामोदरप्रसाद शर्माः बौलठ्ठीपन कि चरम भ्रष्टाचार? - See more at: http://jiwankshetri.blogspot.com/2014/04/blog-post.html#sthash.R5Vg5Mmy.dpuf
नरहरि आचार्य र दामोदरप्रसाद शर्माः बौलठ्ठीपन कि चरम भ्रष्टाचार? - See more at: http://jiwankshetri.blogspot.com/2014/04/blog-post.html#sthash.R5Vg5Mmy.dpuf

न्यायधीश नियुक्तिः आत्मघाती हमला हुने अवस्था नआओस्! - See more at: http://jiwankshetri.blogspot.com/search/label/Judiciary#sthash.mueb2SlN.dpuf

न्यायधीश नियुक्तिः आत्मघाती हमला हुने अवस्था नआओस्! - See more at: http://jiwankshetri.blogspot.com/search/label/Judiciary#sthash.mueb2SlN.dpuf
पूजा बोहरामाथि भएको हिंसा र अन्याय बारे धेरै चर्चा भइसकेको छ र त्यो प्रकरणले उदांगो परेको चुनौती भनेकै अँध्यारोमा गुमनाम अरु हजारौं पुजाहरुलाई कसरी न्याय दिलाउने भन्ने हो।  गालीगलौज र धम्की दिएरै सामाजिक संजालमा अस्तित्व जनाउने भिडलाई छोड़ने हो भने पुजामाथि ज्यादती हुनु र उनले न्याय नपाउनुमा नरहरि आचार्यको प्रत्यक्ष भूमिका वा गल्ती वा अपराध भनेर कसैले भनेको हैन।  न्यायाधीश नियुक्ति प्रकरणमा उहाँले खेलेको संदेहास्पद मात्र नभएर निंदनीय भूमिका त्यहाँ जोडिएर आएको चाहिँ  पक्कै  हो।


त्यसैले न्यायाधीश नियुक्ति प्रकरणलाई बिर्सेर त्यसपछिका कुनै पनि  प्रकरणमा नरहरीजीको मूल्याङ्कन गर्नु वा त्यसो गरियोस भनेर अपेक्षा गर्नु उचित हुन्छ जस्तो मलाई लाग्दैन।  दुखको कुरा, तपाईंले लेखमा न्यायाधीश नियुक्तिको बिषयलाई तपशीलमा राखेर खाली  यति भन्नुहुन्छ:


न्यायाधीश नियुक्तिका कुरा र अपहेलना विधेयकको पृष्ठभूमिका कुरा जति मलाई थाहा छन्, ती बडो रोचक छन्, कुनैदिन बसेरै कुरा गरुँला। यतिखेर केवल यत्ति भन्छु- यी कुनै काम नरहरि आचार्यले प्रक्रिया मिचेर अवैधानिक किसिमले एक्लै गरेको थिएन। सडकमा हिँडेका मान्छेलाई ल्याएर न्यायाधीश बनाएको थिएन। यो मुलुकका उपल्ला तहका न्यायाधीश हुन योग्यता पुगेका मान्छे जस्ता थिए, जे थिए, तिनै नियमानुसार आएका हुन्। बेलायत, अमेरिका, भारतलगायतका प्रजातान्त्रिक मुलुकमा प्रचलनमा रहेकै विधेयक थियो, अदालत अपहेलना विधेयक पनि। कुनै निरंकुश शासन भएको मुलुकमा चलाएको दस्तावेज थिएन। त्यसको संशोधन निम्ति सबैसँग सुझाव मागेकै थियो, सरकारले।

यहाँले रोचक ठान्नुभएका कुरा रोचक छन वा भयावह म जान्दिन तर त्यही रोचकता भित्र गिरोह भन्न मिल्ने  नेपालको राजनीतिक नेतृत्वले तीन करोड़ नेपालीहरुको भविस्यमाथि खेलिरहेको विद्रूप दृश्य हामीले हरिरहेका छौं।  भोली नरहरीजीको मंत्री पदसँगै यहाँहरुको परिवारले झेलेका असुविधाहरु कम भएर जालान तर नेपालीहरुका कैयौं  पुस्ताले गत केहि वर्षको चरम कुशासनका लागि मूल्य चुकाइरहनेछ।  फेरी त्यो कुशासन नरहरि आचार्यले एक्लै गरेको भन्ने किमार्थ हैन।

नरहरीले प्रक्रिया मिचेर अवैधानिक किसिमले एक्लै नियुक्ति गरेको थिएन भन्ने यहाँको जिकिर छ तर मानिस त  नरहरिसित किन क्रुद्ध, निराश र विरक्त भएका हुन भने उहाँप्रति धेरैको औसत राजनीतिज्ञ बाट  भन्दा बढ़ी अपेक्षा थियो।  के अपेक्षा भने प्रक्रियाको कर्मकांड देखाउन तिर  नलागेर विवेक भनिने अर्को मानवीय गुण  प्रयोग गरेर ईमानदारी र कार्य सम्पादनका लागि चिनिएका मानिसहरुलाई सर्वोच्चमा पुर्याइएला, ढिलासुस्ती र कमसल न्याय संपादनले ग्रस्त न्यायपालिका व्यक्तिकै अग्रसरताका कारण  भए पनि सुधार  हुँदै  जाला (जस्तो रामप्रसाद श्रेस्ठको कार्यकालमा देखिएको थियो) र राहत पाइएला।  तपाईंले इंगित गरेझैँ नरहरि आचार्य नामको व्यक्तिको जीवन नै अस्तव्यस्त बनाईदिउँ भनेर सबै आलोचनाहरु पटक्कै भएका थिएनन्।

तपाइँको कुरा त  यस्तो छ सडकको मानिसलाई उठाएर सर्वोच्च पुर्याइएको भए मात्र नरहरीजी आलोचना योग्य हुन्थे।  स्पस्ट छ, यति बहसपछि पनि  नरहरिजी लगायत नेपालको नेतृत्व तहले  आम मानिसको सरोकारको प्राथमिकता बुझ्न सकेको छैन।  नरहरि आचार्य नामक मानिसले गलती वा अवैधानिक कार्यको प्राविधिक परिभाषा पूरा गर्यो वा गरेन  भन्ने आम सरोकारको  विषय हुँदै  हैन।  उसको कदमले व्यवहारमा दशकऔंको न्याय सम्पादनलाई प्रतिकूल असर पार्यो   पारेन भन्नेचाहिँ हामी सबैको सरोकारको  विषय हो।

त्यसबाहेक न्यायपालिकाको मर्यादा तोडेर अदालतको अपहेलना गरेरै कानूनमन्त्रीले पुजालाइ न्याय दिलाईदिउन भन्ने अपेक्षा र आग्रह पनि  आम रुपमा आएकै  हैन।  दलका कार्यकर्तालाई न्यायाधीश बनाएपछि न्यायलय कसरी अन्यायको केन्द्र बन्दोरहेछ भन्ने यो प्रकरणमा छर्लङ्ग भए पछि सर्वोच्च न्यायाधीश प्रकरणको घाउ  फेरि  बल्झिएको मात्र हो।

बरु सडकबाट उठाइएको साक्षर मानिसले पाप-धर्मको ख्याल गर्दै चर्को अन्याय नगर्ला तर पार्टी हेडक्वार्टरप्रति वफदारीको कसम ख्वाएर बनाइएको कार्यकर्ता-न्यायधीश रक्षकको भेषमा भक्षक भयो भन्ने महसूस चाहिँ  खासगरी पूजाप्रति भएको अन्यायपछि सबैलाई भएकै हो।  त्यसैले पूजाका लागि चिठ्ठी लेखेर एक अंजुली पानी सङ्लो  बनाउने हैन  कि  मूल नै सङ्लो पर्नुपर्छ, त्यसका लागि दलीय वफ़ादारी भन्दा योग्यतालाइ हेरेर न्यायाधीश नियुक्त गरिनुपर्छ भन्ने कुरा आएको हो।  कानूनमंत्री भएको र सर्वोच्चको न्यायाधीश प्रकरणमा निंदनीय रवैया देखाएकाले यो मामलामा नरहरीजीको नाम प्रधानताका साथ आएको हो, नेपालमा नरहरि मात्र भ्रस्ट बांकी सब साधु भनेर हुँदै  हैन।

देशको  कुशासन सिङ्गै पुस्ताको भविष्य बर्बाद पार्ने  गरी झांगीसकेको छ र यो अव्यवस्था र अराजकताका लागि  नरहरि एक्लै जिम्मेवार भएजस्तो गरेर किन प्रचार गरिँदैछ भन्ने यहाँको प्रश्न पनि  एक हदससम्म स्वाभाविक हो।  तर नरहरीजीको जिम्मेवारी नै यस्तो छ कि उहाँले चाहेको भए धेरै हदसम्म त्यो अराजकता र दण्डहीनतालाइ  रोक्न संभव थियो।  प्रक्रियाको कर्मकाण्डमा  नलागेर  सर्वोच्चमा ईमानदार र सक्षम मानिस पुर्याएको भए देशको न्यायपालिकाले मुहर फेर्ने  संभावना थियो। 

अन्तमा, म किन नरहरीजीको कट्टर आलोचक अनि  अरु मन्त्रीहरुको कार्यसम्पादनप्रति मौन भन्ने कुरा पनि  यही मौकामा  जनाउन चाहन्छु।  अहिले एमाले नामको अर्को दल  पनि  सत्तामा छ।  नरहरीजीको कानून मंत्रालय बाहेक यो सरकारले जती बदनामी कमाइरहेको छ, त्यसको ठूलो हिस्सा एमालेको भागका मंत्रालयहरूलाइ जान्छ।  जून दल आफैं व्यवसाय खोलेर त्यसको नाफाका लागि प्रचलित कानून उल्लंघन गर्न पाऊं  हैन  भने संविधान सभा अवरुद्ध गर्छु भनेर धम्की  दिन्छ, त्यसको आलोचना गरेर साध्य  छ? जून दलको असली कार्यकर्ता बन्नै पत्रकारलाई सांघातिक हमला गरेर सम्पादकलाई जेल हाल्ने धम्की  दिनुपर्छ, त्यो दललाई नैतिकताको अपील गर्नुको कुनै अर्थ छ? जून दलले स्वास्थ्य  र चिकित्सा क्षेत्रको नियामक निकायको नेतृत्वमा छानी  छानी  कनिष्ठ र भ्रस्टाचार प्रमाणित भएको पार्टी कार्यकर्तालाई  ल्याउँछ, उसित नेपालको उज्ज्वल भविष्यका लागि भनेर गिड़गिडाउनुको कुनै अर्थ छ?

प्रक्रिया र विधिको पहरेदार भनेर दाबी  गर्ने नेपाली कांग्रेसको हालत  त  यस्तो छ भने विधिको शासनलाई धोती लगाउनुमै गर्व गर्ने र त्यही क्षमताका आधारमा देशभरका आपराधिक तत्वहरुलाई एकत्रित गरेको पार्टी सित  सुशासनको के अपेक्षा गर्नु?

त्यसैले अनलाइन माध्यमहरुमा यहाँ हरुप्रति जून दुर्व्यवहार भयो, त्यस सित चित्त दुखाउनु ठिकै हो।  तर जबसम्म तर्क र विवेक भएका मानिसहरुले नरहरि जी वा अरु कसैको आलोचना गर्छन, त्यसबाट विचलित हुनुपर्छ जस्तो मलाई लाग्दैन, जून दिन मानिस हरुले नरहरीजी र काँग्रेसलाई पनि एमालेको कित्तामा राखेर आलोचना समेत गर्न छाड्छन, चिंता लिनुपर्ने अवस्था त्यो हो।

र यहाँलाई मेरो सादर अनुरोध के भने नरहरि जिको मंत्रित्वका कारण परिवारमा आएको विपद्  मत्थर  भएपछि आफुलाइ एकचोटी सर्वसाधारणको स्थानमा राखेर हेर्नुहोला: न्यायालयदेखि अख्तियारसम्म, मेडिकल काउंसिलदेखि ठुला अस्पतालसम्म, इंजीनियरिंग संस्थानदेखि विदेशी दूतावास हरुसम्म, योग्यताको प्रविधिकता  पुर्याएर तर दलहरुको स्वार्थ पूरा हुने गरी नियुक्त गरिएका हनुमानहरुले कसरी देशलाई दशकऔं सम्म उठ्न  नसक्ने गरी  थला  पारेका  छन।  मिडिया ले सिर्जना गरेको 'लिंच मोब'ले यहाँहरुलाई मानसिक तनाब दिएको छ तर नरहरीजी र उहाँजस्तै नेताहरूको पौरखले लाखौं  नेपालीहरु दशकोंको भौतिक र मानसिक यातना र मृत्यु समेत भोग्न अभिशप्त छन, बस, उनीहरु तपाइँ झैँ मिलाएर बोल्न  र लेख्न  सक्दैनन्।

No comments:

विजय कुमारको खुशी पढेपछि

जीवन, खुशी अहंकार

जीवनमा अफ्ठ्यारा घुम्तीहरुमा हिंडिरहँदा मैले कुनै क्षणमा पलायनलाई एउटा विकल्पको रुपमा कल्पना गरेको थिएँ, त्यसलाई यथार्थमा बदल्ने आँट गरिनँ, त्यो बेग्लै कुरा हो त्यसबेला लाग्थ्योः मेरा समग्र दुखहरुको कारण मेरो वरपरको वातावरण हो, यसबाट साहसपूर्वक बाहिरिएँ भने नयाँ दुख आउलान् तर तत्क्षणका दुरुह दुखहरु गायब भएर जानेछन् कति गलत थिएँ !


Read more from Dashain Issue

Debating partition of India: culpability and consequences




Read the whole story here

Why I write...

I do not know why I often tend to view people rather grimly: they usually are not as benevolent, well-intentioned and capable or strong as they appear to be. This assumption is founded on my own self-assessment, though I don’t have a clue as to whether it is justifiable to generalize an observation made in one individual. This being the fact, my views of writers as ‘capable’ people are not that encouraging: I tend to see them as people who intend to create really great and world-changing writings but most of the times end up producing parochial pieces. Also, given the fact that the society where we grow and learn is full of dishonesty, treachery, deceit and above else, mundanity, it is rather unrealistic to expect an entirely reinvigorating work of writing from every other person who scribbles words in paper.


On life's challenges

Somebody has said: “I was born intelligent but education ruined me”. I was born a mere child, as everyone is, and grew up as an ordinary teenager eventually landing up in youth and then adulthood. The extent to which formal education helped me to learn about the world may be debatable but it definitely did not ruin me. There were, however, things that nearly ruined me. There came moments when I contemplated some difficult choices. And there came and passed periods when I underwent through an apparently everlasting spell of agony. There came bends in life from which it was very tempting to move straight ahead instead of following the zigzag course.


Read more